भदौ –३, सुनसरी
खगेन्द्र बि.क.(विकास)
आधुनिकता समयको परिणाम हो । प्रकृतिले धान्न सक्ने परिमाणसम्मको आधुनिकता मानव सभ्यताको निरन्तरताको लागि उपयोगी हुन्छ । मानव आफै प्रकृतिको उत्कृष्ट सिर्जना भएकाले आधुनिकताका नाममा आफ्नै खुट्टामा आफैं बञ्भरो हान्ने प्रकृत्ति नदेखनउनुपर्नेमा असीतित मानविय गतिविधिहरु प्रकृतिमैत्री नभएका कारण पर्यावरण, सामाजिक वातावरण, मानव स्वास्थ्य, व्यक्तिको शारीरिक एवम् मानसिक अनि संवेगात्मक विकासमा समेत प्रतिकुल पुगिरहेको छ । बढ्दो रुपमा आधुनिकताको नाममा व्यक्तिको खानपान र जीवनशैलीमा अप्राकृतिक रसायनहरुको संयोजनमा निर्मित खाद्यपदार्थको सबैतिर आतङ्क छाएको छ । राम्रा आकर्षण चित्र र सजावटले बालसुलभ मस्तिष्कलाई आकर्षण गर्ने, विज्ञापन मार्फल आकर्षण गर्ने । विज्ञापन मार्फत गुणस्तरहीन खाद्यपदार्थको  निरन्तर रुपमा निर्वाध बिक्रीवितरण भईरहेको छ । हेर्दा आकर्षण प्याकेजिङभित्र कृतिम स्वादका साथ उपलब्धहुने सामाग्रीको सहज पहुचका बालबालिकाहरु घरमा अभिभावकहरुले तयार पारेको स्वास्थ्यकर सुपाच्य खानेकुरातिर वितृष्णा देखाई रहेका छन् । घरघरका बालबालिकाहरुको हरेक छाकमा प्रयोग हुने खाद्यपदार्थमा सागसब्जी, दाल, ताजा अचार उपयुक्त समयमा ताजा मौसमी फलफुलहरुको व्यवस्थापन गरिनुपर्नेमा प्रायः चाउचाउ। पस्ता, ब्रेड, केक, भुजिया, मःम, सस आदि–आदिका नामका पदार्थहरुबाट भान्सा सजिसजाउ छ । परिवारका सदस्यहरुको फर्सदको समय पनि आधुनिकताको आविष्कारमा चुर्लुम्म डुबेबाट बालबालिकाहरुलाई समय दिन असमर्थ देखिएका छन् । आधुनिकताको मोहनी रुपमा डुबेका अभिभावकहरुका लागि बालबालिको खानपानमा तयारी सामाग्रीको सहारा नै बलियो साबित भएको छ ।

एकातिर उपल्बध प्राकृतिक रुपमा उत्पादित खाद्य पदार्थको  पनि गुणस्तर खस्केको छ । विषादी लगायत अन्य रसायनिक मलको ज्यादा प्रयोग बाट उत्पादित पदार्थले बजार पाएको यस विषमा बालस्वास्थ्यमाथी गम्भीर असर पारेको छ भने अर्को तर्फ बजारिया गुणस्तरहिन तयारी सामाग्रीको आताङ्क घर–घरमा छाएको छ । परिवर्तन आधुनिकताका उपलब्ध सामाग्री र गुणस्तरहिन खाद्य पदार्थको प्रयोगका कारण बालबालिकाहरुले  कलिलै उमेरमा घातक रागको सिकार भइरहदा यो भयावह अवस्थाको भावी परिणम प्रति राज्य कत्तिपनि संवेदनशील छैन कि भन्ने भान भइरहेको छ । स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्ने संविधान प्रदत्त अधिकारको दुरुपयोग गर्दै व्यापारीहरुले मानव स्वास्थ्य, त्यसमाथि पनि बालस्वास्थ्यप्रति खेलबाड गरेर लुट मच्चाई रहेका छन् ।

यसका अतिरित्त चाडवाडको नजिकको घडिमा त झन आधुनिकताको प्रत्यक्ष असर अबोध बालबालिका माथि विभिन्न रुपले पर्नेहँुदा सम्पूर्ण अभिभावकहरु आफैं नै आफ्ना बालबालिकाहरुको स्वास्थ्य प्रति सचेत रहेर सुनौलौ भविष्य दिन लाग्नुको अन्यविकल्प देखिदैन ।

0 comments :

Post a Comment

 
Top