भदौ –०७
एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ ।
प्रतियोगिता सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने भए पनि नेपाली युवा टिम अभ्यास खेलका लागि अगाडि नै श्रीलंका प्रस्थान गरेको हो ।   घरेलु मैदानमा दुई हप्ताको तयारीपछि श्रीलंकामा तीन ओटा अभ्यास खेलका लागि नेपाली युवा टिम निर्धा्रित मितिभन्दा पहिले नै श्रीलंका गएको हो । श्रीलंकाको वातावरणमा भिज्न र प्रशिक्षणका साथै स्थानीय क्लबसँगको अभ्यासका लागि नेपाली टिम गएको हो । नेपालले श्रीलंकामा अभ्यासका साथै ’ए’ डिभिजन क्लबसँग अभ्यास खेल्नेछ । टिमका कप्तान रोहित पौडेलले घरेलु तयारी सोचेको जस्तो नभए पनि आफूहरुले श्रीलंकामा अन्तिम तयारी गरेर एसिया कपमा राम्रो गर्ने बताए । उनले टिममा यसपटक सबै अनुभवी खेलाडी रहेकाले एसिया कपमा सेमिफाइनलसम्म पुग्ने सम्भावना रहेको बताए । नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित बिदाइ गर्नुभयो । उपाध्यक्ष तिम्सिनाले नेपाल टिमले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । 

0 comments :

Post a Comment

 
Top