भदौ –१०
भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान दुर्घटना भएको छ । धनीपुर विमानस्थलमा अवतरणको क्रममा विद्युत तारमा अल्झिएर विमान दुर्घटना भएको हो । 
 विमानमा विमान मर्मत गर्ने इन्जिनियरको टोली सवार थियो । उनीहरु सोही विमानस्थलमा ‘ग्राउन्डेड’ एउटा विमान मर्मतका लागि दिल्लीबाट विमान चार्टर्ड गरी अलीगढ गएका थिए । समाचार एजेन्सीहरुका अनुसार अवतरका क्रममा विद्युत तारमा अल्झिएर विमानमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा दुई पाइलटसहित ६ जना सवार थिए । उनीहरु सामान्य घाइते रहेको बताइएको छ ।

0 comments :

Post a Comment

 
Top