भदौ –०९

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै सोमबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । सुनको मूल्यमा यो हालसम्मकै उच्च दर हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँ मा कारोबार भएको हो ।  यस्तै तेजाबी सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो । 

0 comments :

Post a Comment

 
Top