भदौ –१४,
रामधुनि, सुनसरी
वडा नं. ९ मा रहेको वडा स्तरीय बाल संजालको आयोजना र रामधुनि न.पा वडा नं. ९ को सहयोगमा शनिबार वडा बाल संजालको बैठक सम्पन्न भएको छ ।
वडा बाल संजालकी अध्यक्ष सबिना चौधरी र वडा नं. ९ का वडा सदस्य पुष्पलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगर बाल संजाल रामधुनिले आयोजना गर्ने राष्ट्रिय बाल दिवसमा सहकार्य गरि विभिन्न कार्यक्रम गर्ने, सचिवालय गठन गर्ने, वडा बाल संजालमा रहेका बालबालिकाहरुलाई टिसट वितरण गर्ने र वडा तथा समुदाय स्तरमा रहेका बाल क्लबहरु संग बालअधिकार तथा नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने जस्ता विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा रहनु भएको प्रमुख अतिथि
ले भने मंसिरको अन्तिम महिना सम्ममा वडा नं. ९ लाई बालमैत्री वडा घोषण गर्न तिर आफु निरन्तर लागि रहेको र बालबालिकाहरुको साथ सहयोगको पनि अपेक्षा राख्नुका साथै रामधुनि न.पा.. भित्र कतिपय बालबालिकाशरु बालश्रममा परेका छन् तिनिहरुलाई उद्धार गर्ने साथै बाल विवाह, बाल हिसां जस्ता गतिविधि लाई न्यूनिकरण गर्ने आदि विषमा आफ्ना भनाई राख्नु भएको थियो ।
उक्त कार्यकममा २५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रम संचालान वडा बाल संजालका सचिव मनन खड्काले गर्नु भएको थियो ।

0 comments :

Post a Comment

 
Top