भदौ -४, इटहरी 
इटहरी उपमहानगरपालिकाको वडा नं. १८ ले बालमैत्रि स्थानिय शासन संरक्षणकालागी पहिलो प्रयास गरेको छ । बालमैत्रि स्थानिय शासनका १६ खुड्किला र ३९ राष्ट्रि सुचक तथा २ स्थानिय सुचकगरी ४१ सुचकहरुमा अभ्यास पुरागरी बालमैत्रि वडा घोषाणा सम्म सफल गरेको हो ।

शुसान र समृद्ध हाम्रो अभियान, भ्रष्टचार बिहिन सरल, सहज र पहुंच युक्त इटहरी नगर प्रशासनको नारा सहितको अभियान चलाउदै घोषणा गरेको छ । कृषि तथा पशुपंक्षि बिकास राज्य मन्त्रि रामकुमारी चौधरीले सोमवार एक कार्यक्रमका बिच बिधिवत रुपमा बालमैत्रि वडा घोषणा गर्नु भएको हो । वडाअध्यक्ष रामकुमार चौधरीको सभापतित्वमा राज्यमन्त्रि चौधरीले उद्धघाटन गर्दै पहिलो प्रयास गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । यस वडा जस्तै अरु वडालेपनि सिक्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । बालअधिकार संरक्षण बिना समाज समृद्ध हुन नसक्ने बताउनु भयो । बालमैत्रि वडा घोषणाले बालबालिकाहरुलाई जातिय,धार्किक, ब्यवहारिक ज्ञान सिकाई उपलब्धि हुने बताउनु भयो ।

बालमैत्रि स्थानिय शासन अभ्यास र वडा बालमैत्रि घोषणकालागी संघ संस्थाको सहयोग रहेको थियो । युथक्रिएशन सुनसरीको पहलमा घोषणा सम्म पुगेको वडा अध्यक्ष रामनारायण चौधरीले जानकारी दिए । बालबालिकामा सचेतना अभिभावकहरुमा अभिमुखिकरण अनुगमन लगायत संरचनाहरुको निर्माणमा सहयोग गरेकोले घोषणा सम्म पुगेको बताए । यसैगरी जिल्ला समन्बय समिति, इलाका प्रहरी पकली, बिध्यालय, बालवडा सञ्जाल, बालअधिकार वडा समिति, नगरपालिको सर्वपक्षिय पहलकदमिले सफलता हात पारेको भनाई वडाअध्यक्षले  जानकारी दिएको हो ।

कार्यक्रममा नगर प्रमुख द्धारीकलाल चौधरी,सामाजिक बिकास शाखा प्रमुख भोजकला दवाडी,वडा १७ वडा अध्यक्ष भगवानलाल साह, दिपनारायण चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अन्जु चौधरीले शुभकामना मन्तबय ब्यक्त गरेकी थिईन् ।

0 comments :

Post a Comment

 
Top