भाद्र -४ एरिना टेलिभिजनद्धारा आयोजित  P.L.0 Miss college national को दोश्रो संस्करण हुने भएको छ । एरिना टेलिभिजनले आयोजना गर्ने Miss college national मा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नको लागि सो कार्यक्रमको आयोजना गरिएको  आयोजकले बताएका छन् । Miss college national को यहि मिति २०७६ भाद्र १५ गते धरानमा, १७ गते बिराटनगरमा, १८ गते दमक र भाद्र २० गते इटहरीमा अडिसन हुने पनि आयोजकले जानकारी दिए । P.L.O Miss college national मा सहभागि हुन चाहनेले एरिना टेलिभिजनको कायलयमा सम्पर्क गर्नुपर्ने हुन्छ । इभेन्ट म्यानेजमेन्ट र कि म्यानेजमेन्टको सहकार्यमा हुने   यस कार्यक्रममा विजेता हुने सहभागिलाई दुवै भ्रमण तथा गिफ्ट हृयाम्पर दिइने आयोजकले बताए । Miss college national को फाइनल विराटचौकमा हुने बताइएको छ ।

0 comments :

Post a Comment

 
Top