श्रावण–३, काठमाडौ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलसहित अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपको माग गर्दै तीनै जनालाई अदालत पेश गरेको भए पनि अदालतले ५ दिनको म्याद थप गरेको हो । अदालतमा लामिछानेको पक्षबाट बहस गरेका वकिलहरुले अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राखिरहनुपर्ने कुनै पनि कारण नभएकाले रिहा गर्नु पर्ने माग गरेका थिए । लामिछानेलाई फेरि हिरासतमै राखिरहनु पर्ने कारण नदेखिएको र उनले दिएको बयानको कुन व्यहोराले म्याद थप गर्नु पर्ने देखिएको हो त्यो स्पष्ट नखुलेकाले अधिवक्ताहरुले प्रश्न गरेका थिए ।

0 comments :

Post a Comment

 
Top