श्रावण, ३२
एक साता देखि विभिन्न कार्यक्रम गर्दै आएको इटहरी लेडि जेसिजको जेसिज सप्ताह कलेज स्तरिय वक्तित्वकला प्रतियोगिता सहित सम्पन्न भएको छ ।
जेसिज सप्ताह अन्र्तगत सातौं कार्यक्रमका रुपमा आयोजित  समृद्धि र शुसाशनका लागि युवा विषय कलेज स्तरिय वक्तित्वकला प्रतियोगितामा सुषमा गोदावरी कलेजकी पुस्तीका भण्डारी प्रथम , कस्तुरी कलेजका सुरेन्द्र भण्डारी द्धितिय , विश्व आदर्श कलेजकी श्रृषा भट्टराई तृतिय भएका छन् भने  कोशी सेन्टजेम्स कलेजकी जानुका शर्माले  शान्त्वना पुरस्कार पाएकी छन् । वक्तित्वकला प्रयोगिताका विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. टंक न्यौपानेले क्रमश दुई हजार , पन्ध्र सय ,एक हजार र पाँच सय नगद सहित प्रमाणपत्रले पुरस्कृत गरे । इटहरी लेडि जेसिजकी अध्यक्ष सिता रसाइलीको अध्यक्षता सुरु भएको सप्ताह यसै विच यस वर्षका लागि समापन गरिएको छ । समापनका अवसरमा आयोजित वक्तित्वकला प्रतियोगिताका निर्णायक कृष्ण अधिकारी , हरिप्रसाद दाहाल रहेका थिए ।  निर्णाक सहित सप्ताह सफल वनाउन संयोजकको भुमिका निर्वाह गर्ने लेडि जेसिज आवद्ध व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 

0 comments :

Post a Comment

 
Top