प्रियंका खतिवडा
ईटहरी, सुनसरी
सफारी चडेर मेरो घर आउने भाडा बीस रुपैया हो तर दिउँसो घाम अनि एक्लै भएकाले होला सफारीवाला ले ५० रुप्पे माग्यो मलाई धेरै हाल्न मन लागेन अनि टेम्पु भए ठाउँ सम्म हिडदै आए बचेको तीस रुपैयाँले भोलि पानीपुरी खाउला घरमा चाइ सफारी मै आए भनौला भनेर त्यो तीस रुपैया लुकाए म टेम्पु भए ठाउँ सम्म पुग्दा एउटा टेम्पु लागिरहेको थियो जसमा पछाडी तीन जना महिला अनि एक पुरुष बसेका थिए थकाइ लागेको भएर होला उल्टो पट्टि बस्न मन लागेन अनि अगाडि आए त्यहा पैला नै एक पुरुष बसेका रहेछन मैले excuse me हजुर उता सरिदिनुस न म छेउ मा बस्छु भने उ पर सर्यो अनि बसे  टेम्पु नभरिकन नजाने भएकाले मलाइ अल्छी लागिरा थियो अनि सबै भन्दा धेरै तीस रुपैयाको लोभ गरेकोमा पछुतो हेर्दा २५ र२ ६ वर्ष जस्तो देखिने ती पुरुष लाई पनि साएद अल्छी लागेछ अनि उनले छेउमै अल्छी मान्दै या भनौ टेम्पु छिटै भरिने आसा मा बसेका तेस टेम्पु चालक लाई सोधे दाइ कति कमाइ हुन्छ अनि चालकले जवाफ दिए मलाइ पुग्छ अनि पुन ती पुरुषले अनि घर चलाउन गाह्रो हुन्न र अनि चालकले जवाफ दिए होइन मलाइ बिहान बेलुकी होटलमा खाना खानु अनि बेल्का अलिकती पिउन पुग्छ । मलाइ दिक्क लागिरहेको थियो बल्ल एक जना महिला टेम्पुमा प्रवेश गर्नु भयो, चालकमा पनि थोरै उत्सुकता जाग्यो साएद यात्रु पाएर । तर मेरो छेउमा बसेको त्यो मानिस चकमन्न थियो साएद उस्लाइ चालक सङ धेरै प्रश्न गर्नु थियो  उनको अनुहारमा थुप्रै प्रश्न चिन्न खडा भएको बाहिरै बाट प्रस्ट देखिन्थियो त्यही हतासमा उसले चालक लाई सोध्यो अनि परिवार कसरी पाल्नु हुन्छ चालक ले पुलुक्क त्यो मानिस तिर हेर्यो  अनि छैन परिवार भन्यो म सोचिरहेकी थिए अर्काको जीवन मा कति चासो राखेको कस्तो कस्तो खाल्को मान्छे भनेर तर उ बोल्न छाडेन पुन प्रश्न गर्यो अनि का छ र परिवार अनि चालक थोरै निरास हुँदै बुडि मर्यो तीन ओटा छोरी लाई दामज को घर पठाइसक्या छु  यो सुने पछि मलाइ नराम्रो लाग्यो साएद त्यो पुरुष लाई पनि तर पनि उसलाइ चित्त बुझ्या थिएन सायद अनि सोध्यो अनि छोरी हरु ले हेर्दैन भनेर सायद यो प्रश्नले चालकलाई चोट पुग्यो उसले या आफ्नो लुकेर रहेको पीडा बाहिर आउन खोज्यो उसले भन्न थाल्यो हाम्रो पनि धेरै जग्गा जमिन थियो छोरा होस भन्थियो हामी तर छोरी भयो तीन ओटा अनि सानू छोरी तीन वर्षको हुदा फेरि मेरो बुडि पाउने वाला थि पण्डितले यो पाल छोरो छ भनेको थियो, हामी खुसी थियो तर स्वास्नी लाई सर्प ले टोक्यो अनि गयो खेत मा काम गर्थियो हामी अनि छोरिहरुलाइ पढाउथियो पनि बिस्तारै ठुली छोरिको लागि रिस्ता आउन थाल्यो अनि उस्को बिहे गर्दे उ १० पढ्दै गर्दा अनि बिचको छोरिको नि बिहे गर्दे ११ मा पढन सकेन अनि तेति सम्म आधा जग्गा जमिन सकिसकेको थियो दामाज पढेको थियो अनि दहेज धेर दिनु परो अनि अर्को छोरी को नि बिहे गर्दो बाकी जग्गा जमिन बेचेर अब एउटा माटो को घर छ म बस्नको लागि  अनि कोइ छैन  मेरो तीस रुपैया लोभ गरेको पछुतो हराएर गयो मन भावुक भएर आयो  अनि चालक भने पछाडी हेर्न थाले यात्रु भरिएकी भनेर तर अझै दुइ जना चड्नु थियो मध्यान्न दिउँसो अनि धेरै घाम लागेको ले होला खासै चहलपहल थिएन। मेरो छेउमा बस्ने उक्त पुरुषले पुनः प्रश्न गरे अनि छोरीहरु भेट्न आउदैन चालक ले म तिर पुलुक्क हेर्दै भने ठूलो र सानी भारतमा दामजको घरमा बस्छ अर्को छोरी राजबिराजमा बस्छ  मेरो छोरी ले धेरै माया गर्ने दामज पाएको छ यति माया गर्ने कि मेरो घरमा आयो भने खान पाउदैन भनेर दामजले पठाउदैन उ भारतमा हुने दुइटै दामज को कार छ तेस्मै चड्छ राजबिराजमा हुने दामाजको फर्निचर छ अनि उ पनि राम्रो कमाउछ उस्को पनि तीन छोटा बच्चा छ उहरु आउन मान्दैन अनि छोरी कैले आउँछ तर बस्दैन गै हाल्छ तेति भन्दा उनको आँखा रसाएको देखे अनि मेरा पनि आँखा रसाइसकेछन साएद छेउको पुरुष को पनि मन अमिलियो होला तर आँखा भने रसाएन तर बोल्न पनि सकेनन तेति नै बेला तीन जना कतै पढेर फर्केका जस्ता केटि आएर बसे अनि चलाक ले टेम्पु हुइक्याए म उत्रने ठाउँ आयो निस्केर पोइसा दिए तर उनको आँखामा हेर्न सकिन एउटा पीडा दाएक बाबू को पीडा देख्न सकिन सके त केबल तेसलाइ महसुस गर्न ।

4 comments :

 
Top