श्रावण, २०

सुनको भाउ फेरि बढेको छ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रममा ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ । नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइतबार पनि रेकर्ड मुल्य मै अर्थात् ६६ हजार ३ सयमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५सय पुगेको छ । यो मुल्य सबैभन्दा उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । पछिल्ला केहि सातायता सुनको भाउ लगातार बढिरहेको छ ।  अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दा त्यसको असर नेपाली बजारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । । यता भाउ बढेर आकाशिएपछि त्यसको असर सुन बजारमा परेको छ । अहिले किन्नेभन्दा पुराना सुन बिक्री गर्नेहरु बढेको व्यवसायीले बताएका छन् ।

0 comments :

Post a Comment

 
Top