भदौ –१०, काठमाण्डौँ

१३ औं संस्करणको काठमाडौं म्याराथन आगामी पुसको पहिलो साता आयोजना हुने भएको छ ।
प्रो स्पोर्टस प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म्याराथन  प्रतियोगिता गर्ने जानकारी गराएको छ । पुस ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आयोजना हुने म्याराथनमा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा सहभागि हुने भएका छन् । । महिला र पुरुष अनि फुल म्याराथन र हाफ म्याराथन रहने छ । म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर माईतिघर, बानेश्वर हुदै भक्तपुर सल्लाघारी हुँदै पुनः त्रिपुरेश्वर आएर सकिने छ । यसअघि आयोजकले यस प्रतियोगिता असोजमा गर्दै आएको थियो । तर, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई मध्ये नजर गर्दै  पुसमा सारिएको आयोजकले जनाएको छ ।  

विजेताले पाउने पुरस्कार रकम भने पछि खुलाईने आयोजकले जनाएको छ । गत वर्ष म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाएका थिए । हाफ म्याराथनतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १० हजार पाएका थिए । त्यस्तै राष्ट्रिय कीर्तिमान बनाउने नेपाली खेलाडीलाई पनि पुरस्कृत गरिने छ । राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख पाउने आयोजकले जनाएको छ ।


0 comments :

Post a Comment

 
Top