भदौ –१४, दुहबी
सुनसरीको दुहबीमा नेपालीहरुको महान चाड हरितालिका तिजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ ओटै वाडाका महिलाहरुलाइ लक्षित गरि महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा दुहबीमा पहिलो पटक मिसेज तिज २०७६ हुने भएको छ । संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तिज पर्वलाई बिकृती हुन बाट रोक्न यहि सोमबार दुहबी पार्टी प्यालेसमा मिसेज तिज २०७६ हुने पत्रकार सम्मेलन मार्फत दुहबी जेसिजकि कार्यक्रम संयोजक बिमला सुबेदिले जानकारी दिइन । मिसेज तिज २०७६ का लागि ४० जना महिलाहरुलाइ सहभागी गराइ प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमश ११ हजार १ सय, ८ हजार १ सय र ५ हजार १ सय सहित ट्रफि प्रमाणपत्र तथा गिफ्ट ह्यम्पर प्रदान गरिनुकासाथै अन्य ६ बिधामा समेत पुरस्कृत गरिने छ । सबै सह्भागिहरुलाइ समेत गिफ्ट ह्यम्पर प्रदान गरिने जनाइएको छ । सहभागीहरुलाइ परिचय, ग्रुप डान्स र प्रस्न उत्तरको माध्यमबाट छ्नौट गरिनेछ । शनिबार दुहबी जेसिजको भबनमा गरिएको पत्रकार सम्मेलनमा मिसेज तिज २०७६ कार्यक्रमकालागि ३ लाख ४० हजार खर्च हुने र यसकालागि दुहबी नगरपालिकाको कार्यालय र स्थानीय संघ संस्था लगायतको सहयोगमा खर्च जुटाइने बताइएको छ ।

0 comments :

Post a Comment

 
Top