श्रावण–३, 

एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अफगानिस्तानले पहिलो जित हात पारेको छ । उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग पराजित भएको अफगानिस्तानले बंगलादेशमाथि मंगलबार भएको पहिलो खेलमा ३–२ को सेटमा जित निकाल्यो । 
पहिलो सेटमा २५–२१ को जित दर्ता गरेको अफगानिस्तानले दोस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा बंगलादेशले राम्रो कमब्याक गर्दै २५–१९ ले जित हात पार्दै सेट १–१ को बराबरीमा ल्याएका थिए । तेस्रो सेटमा पनि बंगलादेशले २५–१८ ले जित निकाल्दै २–१ को अग्रता बनाउन सफल भयो । चौथो सेटमा अफगानिस्तानले प्रतिस्पर्धात्मकरुपमा २५–२३ ले जित निकालेपछि खेलको नतिजा पाँचौँ सेटमा पुगेको थियो । पाँचौँ सेटमा भने अफगानिस्तानले बाजी मार्न सफल भयो । २ का विरुद्ध ६ अंक जोड्दै अग्रता बनाएको अफगानिस्तानमाथि बंगलादेशले अन्तिम समयसम्म दबाब कायम राखेको थियो । अन्तिममा बंगलादेशले पाँचौँ सेट १५–१२ ले सुम्पँदै पराजित भयो ।।

0 comments :

Post a Comment

 
Top