भदौ –०९

इङ्लिश प्रिमियर लिग फुटबलमा
टोटेनहम घरेलु मैदानमै पराजित भएको छ । गएराति भएको खेलमा टोटेनहम न्युकासल युनाईटेडसँग १–० गोल अन्तरले पराजित भएको हो । न्युकासललाई जित दिलाउन जोलिनटनले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । टोटेनहमलाई हराएसँगै न्युकासलले पहिलो जित निकालेको छ । जितसँगै न्युकासलले ३ खेलबाट ३ अंक जोडेको छ । टोटेनहमको यो पहिलो हार हो । टोटनहमले ३ खेलबाट ४ अंक जोडेको छ । प्रिमियर लिग अन्तर्गत गएराति नै वुल्भ्स र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यसैबीच स्पेनिस लिग फुटबलमा एन्टोनी ग्रिजम्यान चम्किएपछि बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जिताउन एन्टोनी ग्रिजम्यानले दुई गोलको योगदान गरे । योसँगै बार्सिलोनाले स्पेनिस लिगमा पहिलो जित दर्ता गरेको छ । उसले २ खेलबाट ३ अंक जोड्दै तालिकाको नवौ स्थानमा उक्लिएको छ भने रियल वेटिस अंकबिहिन हुँदै ताकिकाको पुछारमा रहेको छ ।

0 comments :

Post a Comment

 
Top