३२ साउन, दिपक शर्मा 
देवचुली, नवलपुर ।

बालमैत्री वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरुको प्रमाणीकरण, आचारसँहीताको निर्माण, लगानी योजना तथा दिगोपना रणनीतिको निर्माणको लागि गैडाकोट नगरपालिका वडा नंं। ११ का जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संस्थाका प्रतिनिधीहरु, विद्यालयका प्रतिनिधीहरु, बालक्लव, बाल सञ्जालका प्रतिनिधीहरु, खानेपानी, स्वास्थ्य तथा अन्य विषयगत शाखाका समेत प्रतिनिधीहरु र अन्य सरोकारवालाहरुको उपस्थितीमा २ दिने कार्यशाला गोष्ठीको पहिलो दिन समापन गरिएको छ ।
आजको पहिलो दिनमा आचारसँहीताको लागि बालबालिका, वयस्क तथा संघसंस्थाहरुको फरक फरक तिन समुह गराएर सुझावहरु संकलन साथै दिगोपना रणनीतिको लागि आवश्यक पर्ने सवल पक्ष, अवसरहरु, कमजोर पक्ष र चुनौतीहरुको बारेमा विभिन्न समुह निर्माण गरी अर्थपूर्ण सहभागिताका साथ सम्पन्न गरिएको छ ।
गैडाकोट नगरपालिकाको दोस्रो बालमैत्री वडाको रुपमा घोषणाको लागि वडा नंं। ११ ले धेरै कार्यहरु सकेको कुरा समेत छलफलमा बताइएको थियो । 

0 comments :

Post a Comment

 
Top