भदौ –३, दुहवी
थारु कला केन्द्रले आयोजना गरेको सिजन २ प्रदेश स्तरीय कार्यक्रम नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१९ को अडिसन दुहबीमा सफलतापुर्वक सम्पन्न भएको छ । दुहबीको दिनेश स्मृति हल (फरवार्ड) मा भएको अडिसनबाट १३ जना छनौट भएका छन । 


निर्णायक भुमिका रहेका थारु कला केन्द्रका प्रमुख सल्लाहकार सुची चौधरी, फरवार्डका सिईओ आश नारायण चौधरी, हौली परिवार मोरङ – सुनसरीका अध्यक्ष श्रवण सुतिहार , थारु साहित्यकार लक्ष्मी चौधरी र २०१८ का बिजेता मिस्टर थारु आइकन तेजेन्द्र बिश्वासले सहभागी प्रतियोगिलाई छनौट गरेका थिए । थारु कला केन्द्रले पहिलो अडिसन झुम्काबाट गत श्रावण ३० गते सम्पन्न गरेको थियो । अब आगामी अडिसन भदौ ५ गते झापा बिर्तामोडको एन्जिओ आईएमई, भदौ ६ गते मोरङको काली मावि डागिहाट र भदौ ८ गते बिराटनगरको ड्याजल म्युजिक एण्ड फिट्नेसमा हुने छ भने इच्छुक थारु समुदायका युवायुवतीले सोहि दिन फारम भरेर अडिसन समेत दिन सक्ने आयोजकले जनाएको छ । अडिसनबाट ३० पुरुष र ३० महिला छनौट गरिने पनि आयोजकले जनाएको छ ।।


0 comments :

Post a Comment

 
Top