भदौ –१०

२०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ । यस्तै पद्मश्री साधना सम्मानबाट इतिहासविद् डाक्टर महेशराज पन्तलाई सम्मान गर्ने निर्णय भएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् । दुई–दुई लाख रुपैयाँ राशीका पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिनेछ । आफैले भेटेर छुटेका केही पात्र र उनीहरुको मनोवृत्ति कलात्मक रुपले पस्केको ठहर गर्दैै निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएका आधारमा ‘छुटेका अनुहार’ कृतिलाई पद्मश्री साहित्य पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।।

0 comments :

Post a Comment

 
Top