३२ साउन, काठमाडौं । 
एजेन्सी
बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्हो जर्मन क्लब वायर्न म्युनिख जाने पक्का भएको छ । काउटिन्होलाई बार्सिलोनाले लोनमा बायर्न पठाउन लागेको हो । मिडिया रिपोर्टका अनुसार एक वर्षका लागि बायर्नले लोनमा काउटिन्होलाई अनुबन्ध गर्ने सहमति भईसकेको छ । आइतबार उनको स्वास्थ्य परिक्षण गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने बायर्नको तयारी छ ।

बायर्न जाने पक्का भएपछि काउटिन्होले शुक्रबार राति ला लिगाको पहिलो खेल समेत खेलेनन् । २७ वर्षीय काउटिन्हो गत सिजन मात्र बार्सिलोना आएका थिए । बार्सिलोनामा त्यति जम्न नसकेका उनलाई यसअघि बार्सिलोनाले बेच्ने तयारी गरेको थियो । बायर्नले काउटिन्होलाई अर्को वर्ष किन्न सक्ने सहमति पनि दुई क्लबबीच भएको छ ।

काउन्टिन्होले गत सिजन बार्सिलोनाबाट ५४ खेल खेल्दै ११ गोल गरका थिए ।
(साभार रातोपाटी)

0 comments :

Post a Comment

 
Top