श्रावण, २०
दुर्गेश पौडेल, संखुवासभा 
धर्मदेबी नगरपालिकाको मुढे बजार नजिकै ईटहरी देखि खाँदबारी हिडेको मालबाहक ट्रकको ठक्करबाट धर्मदेबि नगरपालिका -३ मुढेबजार निवासी बुबा धनराज अधिकारी आमा रिता अधिकारिको अन्दाजी ४ बर्षिया छोरा आदित्य अधिकारिको घटनास्थलमै मृत्युु भएको मुढे प्रहरी चौकिले जनाएको छ। ना ४ ख २९०० नम्बरको ट्रक ईटहरी देखि खाँदबारी जाने क्रममा मुढे बसपार्क नजिकै दुर्घटना भएको हो।बजार नजिकै रहेको शिवालय मन्दिरबाट बिहान ९(३० बजेतिर पुजा सकेर आमा संग घर फर्किने क्रममा दुर्घटना भएको हो ।मुढे बसपार्क आईपुग्ने बेलामा ओरालो बाटो अतालिएर ब्रेक नलागेको कारण दुर्घटना भएको ट्रक चालक प्रेम मगरले बताएका छन् ।चालक मगर धर्मदेबी (३ निवासी नै हुन् बच्चालाई ट्रकले किचेपछी मालवाहक ट्रकसंगै लिएर चालक मगर आफै मुढे प्रहरि चौकी आएर घटनाको बारेमा जानकारी
गराएका हुन्।

0 comments :

Post a Comment

 
Top