श्रावण, २०

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार परम्पराअनुसार नागको तस्वीर सहित पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइएको छ ।
श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । सोमबार देशभरका नागदह,  कुण्ड र नाग स्थानमा विशेष  पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाएर मानिसहरुले नागपञ्चमी मनाएका छन ।
सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । नागलाई वैदिक कालदेखि नै विष्णु र शिवका रुपमा मान्ने प्रचलन शुरु भएकाले वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिने गरेको पाइन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको छ ।  त्यस्तै वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने प्रचलन सुरुवात गरेको विश्वास छ ।

0 comments :

Post a Comment

 
Top