श्रावण, २०

भारत सरकारले सोमबार जम्मु कश्मिरका लागि संविधानमा गरिएको विशेष
दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु कश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन् । अबका दिनमा जम्मु कश्मिर छुट्टै राज्य नभइ केन्द्र शासित प्रदेश हुनेछ ।  यस राज्यमा नागरिकले अबका दिनमा दोहोरो नागरिकता राख्न पाउने छैनन् । सरकारले गरेको यो निर्णयलाई प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम भनिएको छ । संविधानको धारा ३७० खारेजसँगै जम्मु कश्मिरबाट लद्दाखलाई अलग गरिएको छ । कश्मिरको केही भू(भाग भारतमा र केही भू(भाग पाकिस्तानमा छ ।

0 comments :

Post a Comment

 
Top