भदौ –०८
पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकि
लको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।

0 comments :

Post a Comment

 
Top