भदौ –१४,सुनसरी

सुनसरीको हरिनगर गाउँपालिकामा शुक्रबार बाल संरक्षण नीतिका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ । हरिनगर गाउँपालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपालको सहकार्य र साझा सवालका लागि साझा मञ्च ९ कोकन० को आयोजनामा उक्त छलफ कार्यक्रम सम्पन्न भएको हो  ।

बाल संरक्षण नीतिका लागि छलफल कार्यक्रममा बालबालिका सम्बन्धि ऎन,२०७५ दफा ५७ का अनुसार बिद्यालयमा बाल संरक्षण सम्बन्धि मापदण्ड बिद्यालय ,सर्वजनिक निकाय ,निजि क्षेत्र र सामाजिक संस्थाले बाल संरक्षण मापदण्ड तयार गरि लागु गर्नु पर्ने र बिद्यालय बाल संरक्षण सम्बन्धि मापदण्ड किन भन्ने प्रश्नमा  आधारति रहेर छलफल गरिएको थियो । जसमा बालबालिका विरुद्ध हुने हिंसा रोकथाम गर्न,  बाल यौन दुव्र्यवहार रोकथाम गर्न, बालबालिकाहरुको संरक्षण सुनिश्चित गर्न, उजुरीमा तत्काल कारवाही गर्न  बाल संरक्षण मापदण्ड तयार गरि लागु गर्ने विशेषमा बढि छलफल गरिएको थियो ।

कार्यक्रममा साझ सवालका लागि साझा मञ्च ९कोकन ० केन्द्र उपाध्यक्ष मंजिता उपाध्याले बिद्यालयमा बाल संरक्षण नीतिका बारेमा बिद्यालयमा बालबालिकाको अधिकार ,हक हित ,कल्याण र स्वास्थको रक्षा गर्न उपयुक्त वातावरण तयार गर्न बाल अधिकार महासंधी संविधान वा अन्य कानुनि व्यवस्था अनुसार लिइने नीति र बिधालयमा रहने बालबालिका लाई कुनै पनि प्रकारले हानी नदिने लक्ष्य रहेको बताए ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष गफार अन्सारीले स्थानिय शासनलाई सुदृढ गर्दै र बालबालिका लाई बाल संरक्षण नीति सम्बन्धि गाउँपालिका भरिका विद्यालयहरुमा अध्यनरत बालबालिकाहरु लाई जानकारी गराउनको लागि सबै गाउँवासीलाई आग्रह गरे ।

उपाध्यक्ष रिमझिम कुमारी भगतले गाउँलाई राम्रो बनाउनको लागि बालबालिकालाई नीति नियमको बारेमा जानकारी हुन जरुरी रहेको ,गाउँलाई नमुना बनाउनको लागि सबै भन्दा महत्त्वपुर्ण कुरा बाल संरक्षण नीति सम्बन्धि जान्नजरुरी रहेको बताईन ।

गाउँपालिकाका कार्यपालिका सदस्य सुशील कुमार ठाकुरले निति बनाएर मात्र नहुने , त्यसलाई व्यवहारमा उतारि कार्यान्वयन गरेमा मात्र योजनाहरु सफल हुने बताए । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अजितकुमार मल्लिकले बाल संरक्षण नीति सम्बन्धि पालिका स्तरीय अन्तरक्रियाले गाउँपालिका भरीका बालबालिकाहरु लाई जानकारी गराउन सबै संग समन्वय गरि अगाडि जान सुझाव दिए ।

सो कार्यक्रममा हरिनगर गाउँपालिका प्रमुख प्रशासक अधिकृत कृष्णबहादुर कार्की ,गाउँपालिका ७ वटै वडाका वडा अध्यक्षहरु ,मा । वि। का प्रधानाध्यापकहरु र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु लगायतको उपस्थिति रहेको कोकन का समाजिक परिचालक सहदेव मण्डलले बताए ।

0 comments :

Post a Comment

 
Top