श्रावण–१२ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण विवादमा तानिएका छन् । 
उनले अफ्रिकी मूलका डेमोक्र्या्टिक नेतामाथि रंगभेदी टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले दुई हप्ताअघि पनि कंग्रेसमा रहेका चार जना डेमोक्र्या्टिक महिला नेतृलाई लक्षित गरी रंगभेदी ट्वीट गरेका थिए । पछिल्लो समय भने ट्रम्पले कंग्रेसमा डेमोक्याट्रिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने एलाइजा कमिङ्गसलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका थिए । ट्रम्पले कमिङ्गस र उनले प्रतिनिधित्व गरेको बाल्टिमोरको मेरिल्याण्डलाई ‘रोडेन्ट इन्फेक्टेड मेस’ अर्थात मुसासहितका जनावरको संक्रमण फैलिएको फोहोर क्षेत्र भनेका छन् ।।

0 comments :

Post a Comment

 
Top