श्रावण ०७  
विस २०७४ असार २१ देखि रामधुनी , इनरुवा नगरपालिका तथा इटहरी उपमहानगरपालिका भित्र संचालित पुराना ६ वटा स्काई क्लबहरुको १२ जना स्काई लिटरहरु साथै करिब १२० भन्दा बढी सदस्यहरुलाई युथ क्रीयसन सुनसरीले कल्प वृक्ष पार्टिपालेस झुम्कामा एक औपचारिक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । जसमा सहयोग भने वर्ड भिजन इन्टरनेसनल नेपालले गरेको थियो । कार्यक्रमको युथ क्रीयसनका प्रोजेक्ट लिडर भबिन्द्र विकले कार्यक्रमको अध्यक्षतामा,रामधुनी नपाका २ वडा अध्यक्ष राम कुमार चौधरी प्रमख अतिथिको आसन ग्रहण गर्नु भएको थियो।
क्ष्mउबअत मोडलमा तयार भई १८ महिना अवधी हुने स्काई परियोजना नेपालमा गत वर्ष २०७४ साल असार २१ मात्र वर्ड भिजन नेपालमा भित्राएको थियो। जसको परिक्षण अवधिको रुपमा सुनसरी र रुपन्देहीलाई लिईएको थियो। त्यसै अनरुप गठन भएका यी ६ वटा क्लब हुन्। 
उक्त कार्यक्रममा केही क्लबहरुले १८ महिनासम्म गरेका क्रियाकलापहरुलाई फोटो साथै केही कल्बहरुले भने छोटो भिडियो मार्फत पस्तुत गरेका थिए ।साथै कार्यक्रममा केही सहयोग पाई रोजगार तथा सपना साहाकार गर्ने सफल सदस्यहरुले मन्तव्य तथा अनुभव सुनाउने कार्यक्रम रहेको थियो जसमा सागर शाह रहेका थिए। यसै गति प्रमुख अतिथिद्वारा१२ लिडरलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको थियो।

मन्तव्यकै क्रममा प्रमुख अतिथी चौधरी स्काई क्लबले गरेका कार्य तथा प्राप्त सफलताको मुक्त कण्ठले पंशसा गर्नुका साथै ६ वटै स्काई क्लबका पधादिकारीहरुलाई सुनौलो भविष्य निर्माण तथा सफलताको अग्रिम शुभकामना दिएका थिए।औपचारिक कार्यक्रमको अन्त्य गर्दै प्रोजेक्ट लिडर विकले क्लब सकिएको होइन अब काम गर्ने अवसरहरु सिर्जना भएको र सबै स्थानिय तहमा युवा निति तथा युवा क्लबहरु स्थापनाको लागि कदम चालिरको समेत जानकारी दिए।  चौतर्फीरुपमा कार्यक्रम सफल भएता पनि १० बजे सुरु हुने भनेको कार्यक्रम करिब १२स्३० सुरु हुदा करि २ घण्टा कुर्नु परेकोमा सहभागीले केही गुनासो पोखेका थिए। साथै खाजा समेत २स्३० हुदा केही सदस्यले असाध्य ढिलो भएको कारण गारो भएको गुनासो आक्रोसित भावना हामी सामु पोखेका थिए।
https://typesala.arena.com.np/

0 comments :

Post a Comment

 
Top