दिपक शर्मा
देवचुली, नवलपुर,
शुक्रबार, साउन १०
१ वर्ष अगाडी कञ्चनपुरमा बलात्कार पछी हत्या भएकी किशोरी निर्मला पन्तको वार्षिकीको अवसरमा देवचुलीका किशोरीहरु म अर्को निर्मला पन्त हुनँ चाहदीन भन्दै आत्म सुरक्षा र हिंसाबाट बच्ने उपायहरुको बारेमा तालिम सम्पन्न गरेका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुद्धारा नगरका सवै वडाका विद्यालयमा र समुदायमा यस्तो खालको तालिमहरु सञ्चालन गर्दै आईरहेका छन् । 
हिजो र आज गरी २ दिनसम्म देवचुली नगरपालिका वडा नं। १७ मा अवस्थित वरचुली माध्यमिक विद्यालयका किशोरीहरुलाई उक्त तालिम सञ्चालन गरिएको र उनीहरुलाई आत्म सुरक्षाका विभिन्न सिपहरुको बारेमा शारीरिक अभ्यासहरु र हिंसामा पर्न लागेको बेला वा देखेमा कसरी सम्पर्क गर्ने भन्ने बारेमा समेत सिकाएको कुरा विद्यालयका शिक्षक ईश्वर लोहनीले बताउनुभयो । 
आफ्नै विद्यालयका दिदिहरुद्धारा यस्तो तालिमहरु विद्यालयमा नै प्राप्त गरेकोले सम्पूर्ण किशोरीहरु खुसी हुँदै तालिमको समापनमा हिंसा विरुद्धको अभियानमा लाग्ने र म अर्को निर्मला पन्त हुँन चाँहन्न सरकार, हामीलाई सुरक्षा दे भने समेत व्यक्त गरे । 
१ वर्ष अगाडी कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछी हत्या भएको आज एक वर्ष भएको छ । दोषी पत्ता लगाउन नसकेकोले सरकारको चौतर्फी विरोध समेत भएको छ ।

https://typesala.arena.com.np/

0 comments :

Post a Comment

 
Top