साताको पहिलो दिन आइतबार बजारमा सुनको भाऊ स्थिर नै रहेको छ । शनिबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, शनिबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, शनिबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।।

0 comments :

Post a Comment

 
Top