श्रावण–७
मोरङको पथरी शनिश्चरे – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा एक जना महिलाको शव फेला परेको छ । 
स्थानीयले घाँस काटन जादा शव भेटेको प्रहरीले जनाएको छ । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला परेको भए पनि अनुहार चिनि नसक्ने अवस्थामा भएकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार रुखमुनी शव फेला परेको छ । रुख माथि एउटा सल फेला परेको छ । यस अघि पनि एक पुरुषको शव जंगलमा फेला परेको थियो ।।

0 comments :

Post a Comment

 
Top