बढ्दो महिला तथा बाल हिंसा न्युनिकरण गर्ने उद्धेश्यले के आई एफ कुरोदय मार्सल आर्टस् संघ सुनसरी शाखाको आयोजनामा ७ दिने आत्मरक्षा तालिम समापन भएको छ ।


तालिम मिति २०७६ असार १९ गते देखी सुरु भएको तालिम २५ बुधबार सम्पन्न भएको हो । महिला बालबालिकाहरु प्रयाप्त मात्रामा हिसांमा पर्दै आएको समयमा तालिमले हिंसामा पर्नबाट जोगाउन ठुलो भुमिका खेल्ने कुरोदय मार्सल आर्टस् नेपालको बरिष्ठ उपाध्यक्ष बिध्या चाम्लिङ्गले बताउनुभयो । त्यस्तै महिला कम्जोर हुन्छन् भन्ने मानसिकता यस तालिमले परिवर्तन गर्दै गएको कुरोदय मार्सल आर्टस् प्रदेश नम्बर १ को प्रमुख प्रशिक्षक प्रकाश बस्नेतको भनाई रहेको थियो ।
तालिम पस्चात धेरै आत्मबल बढेको प्रशिक्षार्थी चाँदनी थापाले बताउनुभयो । पहिलो कार्यक्रमबाट आएको प्रतिकृयाले धेरै हौसला पाएको र आउने दिनमा ग्रामीण क्षेत्रमा गएर कार्यक्रमको आयोजना गर्ने सुनसरी शाखाकी  अध्यक्ष मनिषा विश्वकर्माले बताउनुभयो । ७ दिन सम्म प्रद्श १ को प्रमुख प्रशिक्षक प्रकाश बस्नेत ,असोक सुब्बा सहायक प्रशिक्षक लगायतले प्रशिक्षण गराउनुभएको थियो । कर्यक्रममा महिला सञ्जाल ईटहरीको अध्यक्ष बिमला ढकाल ,माया घर नेपालकी शान्ती गजमेर ,खेलकुद विकास समिति प्रदेश नम्बर एकका अध्यक्ष रविन नगरकोटी , खेलकुद विकास समिति प्रदेश नम्बर एकका उपाध्यक्ष अनुरोध थापा लगायतको उपस्थीती रहेको थियो ।

0 comments :

Post a Comment

 
Top