नवलपरासीको बर्दघाट नगरपालिका १५ तेलहा गांउका १० जना बालकहरु मदारबाबा डाडँको जंगलमा च्याउ टिप्न जादाँ सुक्रवार देखि बेपत्ता भएका छन । सामुहिकरुपमा च्याउ टिप्न जाने भनेर सुक्रवार दिउंसो १ बजे गाउंका १६र१७ वर्ष उमेर समुहका १० जना किशोरहरू एकसाथ जंगल पसेका थिए । राती अबेरसम्म घर नफर्किदा आफन्तले खोजी शुरू गरिएको थियो।


बेपत्ता भएका बालकहरु सुरज चैधरी,नवीन चौधरी, मान बहादुर चौधरी, सागर र सन्दीप लगायतका बालकहरुलाई खोजी कार्य भईरहेको कुडिया प्रहरी चौकीले जनाएको छ। बालकहरु सित रहेको मोबाईलमा नेटवर्क नटिप्दा सम्पर्क हुन कठिनाई भईरहेको साथै कुनै बेला मोबाईल सम्पर्क भईरहेको प्रहरीले जनाएको छ ।

आज विहान १० बजे हराएका मध्ये एकजनाको फोन आएको र हामी पहाड पारी हराएका छौं भन्ने बताए पछि खोजीका लागी स्थानियहरु त्यस तर्फ गएको बताईएको छ। स्थानिय बासीन्दा, वनकर्मी, सुरक्षा कर्मीहरु समेत परिचालित भएपनि खोजी हुन सकेको छैन । साभार (बुटवल अनलाईन)

0 comments :

Post a Comment

 
Top