श्रावण–७, 
दुहवीमा प्रहरीले पिडकलाइ संरक्षण दिएको एक महिलाले आरोप लगाएकी छिन । मोरङको बुढीगंगा ४ की अनिता श्रेष्ठले लेनदेनको विषयमा उत्पन्न विवादले झगडाको रुप लिएपछि आफुलाइ कुटपिट गरेको भन्दै दुहवी ३ का श्रवण बिश्वास बिरुद्ध उजुरि दिन जाँदा इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझिले उजुरि लिन न मानेको बताइन । मोरङको बुढीगंगा ४ स्थित आकाश होटलकी संचालिका अनिता श्रेष्ठका अनुसार १ वर्ष अगाडी २०७५ साल श्रावणमा दुहवी ३ का श्रवण बिश्वास सहित ३ जनाले खानेकुराहरु अर्डर गरि ४७ सयको विलमा श्रवण बिश्वासले २ हजार मात्र दिएर २७ सय पछि दिने भनेपछि चिनजानको ब्यक्तीहो भनि बिश्वास गरेर छोडेको बताइन ।
पछि बारम्वार श्रवण बिश्वासलाइ फोन समपर्क गर्दा फोन न उठाएपछि घर गएर माग्दा आलटाल गर्दै आएको श्रेष्ठले बताइन । २०७६ साल असार २७ गते बेलुकी ५ बजे श्रवण बिश्वासको घरमा गइ बाँकी २७ सय माग्न खोज्दा श्रवण बिश्वासले आफुलाइ गाली ग्लोज गर्दै घरेलु हतियारले प्रहार गरेपछि इलाका प्रहरी कार्यालय दुहवीमा उजुरि दिन खोज्दा प्रहरी निरीक्षक रामनारायण माझिले उजुरि लिन न मानेको बताइन । उजुरि लिन न मानेपछि हुलाक मार्फत गत श्रावण ३ गते उजुरि दिंदा समेत दुवै पक्षलाइ छलफलमा न बोलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत जाहेरी दिने बताइन । प्रहरीलाई हार गुहार गर्दा पनि वेवस्ता गर्दिन्छ उनले भनिन् ।
कुटपिट गर्ने श्रवण बिश्वासको नातामा भेनाजु पर्ने प्रहरी निरीक्षक रामनारायण माझिले छलफलमा न बोलाइ आलटाल गरेको हुँन सक्ने अनिता श्रेष्ठको आरोप छ । उता इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझिले अनिता श्रेष्ठलाइ बारम्वार छलफलमा बोलाएको भएपनि उल्टै आलटाल गरेको बताए । उनले भने अनिताले लगाएको आरोप झुटो भएको बताएका छन ।

0 comments :

Post a Comment

 
Top