अनिसा गिरी

छोरी नै भएपनि पछि हट्न जानेकी छैन
आडम्बरी समाजको परिपाटीलाई मानेकी छैन ।

थाहा छ ,समाजमा आलोचना गर्छन् भनेर
तर पनि आफुलाई कमजोर ठानेकी छैन ।


रातदिन कराउछु ,समानता खिज्दा आफै हराउछु
तर पनि आजसम्म हार मानेकी छैन ।

अधिकार को आवाज उठाउनुमा सन्तुष्ट मिल्यो मलाई
तर सानो उपलब्धि मै चुप बस्नु उचित ठानेकी छैन ।

एकदिन समानता व्यबहारमा उत्रिएला भनेर
आजसम्म कसैलाई वचन को झटारो ले हानेकि छैन ।।

0 comments :

Post a Comment

 
Top