केहि समय अगाडि आएको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद् परेर सबैभन्दा बढी रौतहटमा ज्यान गुमाएका छन्, जसमा १० जना रहेका छन् । ललितपुर र सिराहामा ६–६ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा ५–५ जनाले ज्यान गुमाएका छन् । 

    
ओखलढुङ्गा, महोत्तरी र डोल्पामा ४–४ तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा ३–३ जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा १–१ जनाको मृत्यु भएको छ ।


बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात,  इलाम, मोरङ र सिन्धुलीमा रहेका छन् ।  अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ ।

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो ।

0 comments :

Post a Comment

 
Top