स्थायी लेखा नम्बर प्यान लिनेहरुको संख्या २२ लाख पुगेको छ । सरकारले तलब बुझ्ने सबै नागरिकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेयता मात्रै १ लाख जनाले प्यान लिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

जेठ १५ गते यता मात्रै १ लाख जनाले प्यान लिएको र हालसम्म २२ लाख जनासँग प्यान रहेको विभागले जनाएको छ । सरकारले प्यान अनिवार्य गरेपछि आफ्ना कार्यालयहरुमा छुट्टै काउन्टर राखेर सहज बनाइएको पनि विभागको दाबी छ ।  यस्तै विश्वविद्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्था, ठुला ब्यापारीक संस्था लगायतले आफ्ना कर्मचारीहरुको प्यान फारम भराएर एकमुष्ट निवेदन दिएमा आन्तरिक राजश्व विभागको टोली सम्बन्धीत संस्थामा गएर प्यान दिइने पनि विभागले जनाएको छ । व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने कानुनी व्यवस्था छ ।।

0 comments :

Post a Comment

 
Top