माइती नेपाल इटहरीको परामर्श तथा पुनरस्थापना गृहमा आश्रय लिदै आएका चेलीहरुका लागि सञ्चालित विभिन्न तालिमका सहभागीहरुलाई एक कार्यक्रमका विच प्रमाण पत्र प्रदान गरिएको छ ।  सिलाईकटाइ तथा गुडिया वनाउने तालिममा सहभागी १९ जना चेलीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । 



तालिममा सहभागी विभिन्न कारणबाट माइती नेपालको पुनरस्थापना गृहमा आश्रय लिदै आएकाहरुलाई माइती नेपालले आत्म निर्भरताका लागि तालिम सञ्चालनमा ल्याएको थियो 

। तालिममा सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम,इटहरी उपमहानगरपालिका वडा नम्बर २का अध्यक्ष हर्कमान तामागं, सामाजिक विकास शाखा प्रमुख भोजकला दवाडी लगायतले प्रमाण पत्र वितरण गरेका थिए । तालिममा सुनसरी ,मोरगं,इलाम, कैलाली,संखुवासभा, सेलुखुम्बुका चेलीहरुको सहभागिता रहेको माइती नेपाल इटहरीकी सुनिता कार्कीले जानकारी दिइन ।

0 comments :

Post a Comment

 
Top