श्रावण–१२

हेपाटाइटिस हटाउन लगानी भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्व हेपाटाइटिस् दिवस मनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले २८ जुलाईलाई हरेक वर्ष विश्व हेपाटाइटिस् डेका रुपमा मनाउँदै आएको छ । हेपाटाइटिस् बी का आविष्कारक अमेरिकन फिजिसियन ब्लुमबर्गको जन्मदिनको अवसर पारेर हरेक वर्ष २८ जुलाईलाई हेपाटाइटिस् डेको रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा काठमाडौंमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।  विश्वमा ३२ लाख मानिसहरु कडा प्रकारको हेपाटाइटिस बी र सीबाट संक्रमण भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । त्यसमध्ये १४ लाख मानिसहरूले हेपाटाइटिसका कारणले मृत्यु हुने गरेको संगठनको भनाइ छ । नेपालमा पछिल्ला वर्षहरुमा नेपालमा हेपाटाइटिस्का बिरामीहरू हरेक वर्ष बढ्दै गएको कलेजो रोग बिषेशज्ञ डाक्टर अनन्त श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत अर्थात करिब दुई लाख ५० हजार मानिसहरुमा हेपाटाइटिस बी र  लगभग एकलाख ४० हजार मानिसमा हेपाटाइटिस सी रहेको अनुमान गरिएको छ ।।

0 comments :

Post a Comment

 
Top