इटहरी उपमहानगरपालिका वडा–१५ ले एसईई परीक्षामा उत्कृष्ट जेहेन्दार छात्रा विद्यार्थीलाई लेडिज साईकल वितरण गरेको छ । 

२०७५ सालको एसईई परीक्षामा उत्कृष्ट जेहेन्दार १४ जना छात्रालाई लेडिज साइकल वितरण गरेको हो ।
उच्च शिक्षा हासिल गर्न सहज होस साथै छोरी सन्तानलाई शिक्षामा विशेष जोड दिने उद्धेश्यले उक्त साइकल वितरण गरेको इटहरी उपमहानगरपालिका वडा–१५ का वडा अध्यक्ष श्रवणकुमार चौधरीले जानकारी दिएका छन ।

शिक्षाको ज्योतिबाट कोही पनि बञ्चित नहोस विशेष गरी छोरीलाई उच्च शिक्षा हासिल गर्न सहज होस भनेर वडा स्तरीय बजेटमा साइकल वितरण गरेको चौधरी बताए ।

0 comments :

Post a Comment

 
Top