दिपक शर्मा 
देवचुली, नवलपुर । 
देवचुली नगरपालिका वडा नं। ५ मा रहेका सकला माध्यमिक विद्यालयमा बाल अधिकार तथा कर्तव्यको बारेमा १ दिने तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा र कन्नालन स्विजरल्याण्डको सहयोगमा  सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रमका किशोरी साथि शिक्षकहरुबाट सो कक्षा सञ्चालन गरिएको हो । 

विद्यालय तहका विद्यार्थीहरुलाई अधिकार मात्र नभई उनीहरुको पनि विद्यालयमा र घरमा गर्नुपर्ने कार्यहरु कर्तव्य सिकाउदाँ प्रभावकारी रहने विद्यालयका प्रधानाध्यापक लक्ष्मी सिवाकोटी आचार्यले बताउनुभयोे ।सचेतनामुलक कार्यक्रम समुदायस्तरमा आवश्यक रहेको र सोही अनुसार नै उनीहरुको क्षमता विकासको लागि कार्यहरु गरेको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो ।  कार्यक्रममा बाल अधिकार, नेपालको कानुनी अवस्थाहरु सँगै हामीले विद्यालयमा र घरमा गर्नुपर्ने कार्यहरुको बारेमा जानकारीहरु गराईएको कुरा सहजकर्ता सोमिया सिञ्जाली मगरले बताउनुभयो । कार्यक्रममा सहभागी बालबालिकाहरुले विद्यालय तथा घरमा आचारसंहीता तथा समय तालिका बनाएर अध्ययन, मनोरञ्जन र घरायसी क्रियाकलापहरु सञ्चालन गर्ने साथै व्यक्तिगत रुपमा,  विद्यालय तथा घरको बाताबरण राख्ने बताए । कार्यक्रममा ३० बालबालिकाहरुको सहभागिता रहेको र  किशोेरीहरु मनिशा सुनारी, सविना शर्मा, सरला तिवारी र सोमिया सिञ्जालीले सहजिकरण गर्नुभएको थियो ।

0 comments :

Post a Comment

 
Top