प्रियंका खतिवडा
म जन्मदा हाम्रो बाबा रिसाएका थिए रे
जहिले छोरी जहिले छोरी भन्दै जङ्गिएका थिए रे ।।
बाबा आमाकी म पाँचौ छारी परेछु,
छोरी भएर आखिर मैले के पाप गरेछु ।
म जन्ँमदा हाम्रा बाबा कान्छि ल्याउछु भन्थे रे
आमाले ल्याउनु न त भन्दा कपाल कनाई बस्थे रे।।
बाबा सधै आमालाई गालि गर्नु हुन्छ,
कुनामा बसी आमा सधै रुनु हुन्छ ।।
बाबा भन्नुहुन्छ स्वर्ग जाने बाटो अझै खुलेको छैन,
अब मेरो इज्जत यो समाजमा केहि रहेन।।
आखिर यो सबै त हुन्छ उहाँ कै कारणले,
तै पनि यति कुरा किन बुझ्नु हुन्न उहाँले।।
आउ साथि उठौ अब,
सुत्ने बेला सकियो अब,
चेतना हामीले जगाउनै पर्छ,
छोरीले पनि केहि गर्न सक्छन देखाउनुपर्छ ।।।।
������
ReplyDeleteKeep it up meri jaan
ReplyDeleteGood thinking
ReplyDelete