श्रावण–१२ 

अस्ट्रेलियामा अर्को वर्ष हुने आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । एसियाली छनोटको अन्तिम खेलमा आज सिंगापुरसँग पराजित भएपछि नेपालको बाटोमा पूर्ण्विराम लागेको हो । 

नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएको सिंगापुर भने विश्वकप टि–ट्वेन्टी क्रिकेटको ग्लोबल छनोटमा पुगेको छ । सिंगापुरमा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि टिम डेभिडले सर्वा्धिक ७७ रन बनाउँदा रोहन रंगराजनले ४९ रन तथा मनप्रित सिंहले ४२ रन जोडे । बलिङतर्फ नेपालका अभिनाश बोहोराले ४ तथा करण केसीले २ विकेट लिए । जवाफमा १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा अलआउट हुनुपूर्व १ सय ९ रन मात्रै बनाउन सक्यो । नेपालको लागि ज्ञानेन्द्र मल्लले ३९ रन तथा दिपेन्द्रसिंह ऐरीले २३ रन बनाए । नेपाललाई सस्तैमा रोक्न सिंगापुरका सेलाडोर विजयकुमारले ४ विकेट लिए । समुहका सबै ४ खेलको समाप्तीपछि ७ अंक जोडेको सिंगापुर एसियाली फाइनल छनोटको च्याम्पियन बन्दै ग्लोबल छनोटमा प्रवेश गर्‍यो । आगामी अक्टोबर र नोभेम्बर महिनामा युएईमा हुने ग्लोबल छनोटमा १४ देशले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन् ।।

0 comments :

Post a Comment

 
Top