नेपालमा पछिल्लो समयमा किशोरीमाथी विभिन्न हिंसा र दृव्र्यवहारका घटनाहरु बढेको हामीले पाउने गरेका छौ ।
किशोरीमाथी हुने हिंसा र असमानता अन्त्यको लागि किशोरीहरुको शिक्षामा पहँुच र सुरक्षित वातावरण सृजना गर्नुपर्नेमा राष्ट्रिय मानव अधिकारका सदस्य मोहना अन्सारीले बताउनुभएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतको सक्छीन छोरी नामक नेतृत्व विकास तालिमको समापन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
विभिन्न बहानामा किशोरीहरु र महिलाहरुलाई शिक्षा प्राप्तीका लागि सहज पहुँच गराउन सक्ने बाताबरण सृृजना गर्नुपर्ने र सो को लागि परिवार तह नै महत्वपूर्ण रहेकोले यस्तो गर्न सक्ने हो भने समाजमा हुने विभिन्न हिंसा, दृव्र्यवहार, असमानता र बालविवाह समेत रोक्न सकीने उहाँले बताउनुभयो ।
सो कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको देवचुलीमा सञ्चालन गरिराखेको सो कार्यक्रम अन्तर्गत सक्छीन छोरी नेतृत्व विकास तालिम कार्यक्रमको ५ दिने कार्यक्रम चितवनको सौराहामा एक कार्यक्रमका विच समापन गरिएको कुरा अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
उक्त ५ दिने कार्यक्रममा किशोरीहरुलाई आत्मसुरक्षा, हिंसा, नेतृत्व विकास, कार्यक्रमको सञ्चालन, समुह कार्य र अन्य विभिन्न विषयहरुमा आधारित भई तालिमहरु सञ्चालन गरेको कुरा परियोजना निर्देशक कुसुम केसीले बताउनुभयो ।
नवलपुरका १७ जना किशोरीहरु र विद्यालयका सम्पर्क शिक्षकहरु सहीत ३० को सहभागिता रहेको उक्त कार्यक्रममा आफ्ना अनुभवहरु र अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, खैरहनी नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र पौड्याल, देवचुली नगरपालिकाका नगर कार्यपालिकाका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागि किशोरीहरुले आफुले सिकेका विभिन्न ज्ञानहरु र सिपहरु गित, कविता र मन्तव्यको रुपमा व्यक्त समेत गरेका थिए ।



0 comments :

Post a Comment

 
Top