फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ ।
युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान वृद्धिका अनुसार ५० वर्षपछि फेसबुकका वर्तमान २।३ अर्ब प्रयोगकर्तामध्ये कम्तीमा १।४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुनेछ । यति नै बेला फेसबुकमा जीवितभन्दा मृतक बढी हुनेछन् ।’
अनुसन्धानका सह–लेखक डेविड वाटसनले भविष्यमा फेसबुकले इतिहासकारलाई यस्ता व्यक्तिको प्रोफाइल हेर्न छुट दिनुपर्ने बताएका छन् । यसो गरे इतिहासबारे सही जानकारी दिन सक्ने उनले बताए । उनले भने, ‘यस्ता प्रोफाइलको पोस्टले इतिहासकारलाई निकै मद्दत गर्न सक्छ । मानव व्यवहारको योभन्दा राम्रो आर्काइभ कतै हुन सक्दैन ।’

0 comments :

Post a Comment

 
Top