श्रावण–७,
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी प्रादेसिक ऐनका विषयमा इटहरीमा आज परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

 युवा विकाश केन्द्र ईटहरी  र भिजिवल ईम्पेक्टको आयोजनामा  भएको कार्यक्रममा  महिला हक अधिकारका क्षेत्रमा कार्य गर्ने सामाजिक संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा छलफल सम्पन्न भएको हो ।
 सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन निर्माण गर्दा कस्ता विषयवस्तुहरुलाई प्राथमिकता दिने भन्ने विषयमा केन्द्रीत छलफलमा सहभागी प्रदेससभा सदस्यहरु विमल कार्की र बालकुमारी राईले सुझाव दिन आग्रह गरेका थिए ।  युवा विकास केन्द्र इटहरीका अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले किशोरीहरु माथि विभिन्न किसिमले हुने र्दुव्यवहार अन्त गर्ने कानुन वनाउन सुझाव दिएका थिए । भिजिवल ईम्पेक्टकी अफिसर शिवु श्रेष्ठ,बालकृष्ण थापा मगर , अरुण खड्का लगायतले युवा तथा किशोरीहरुको हक अधिकारका क्षेत्रमा लामो समय देखि काम गर्दै आएको संघ सस्थाका अगुवाहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।। 

0 comments :

Post a Comment

 
Top