ठाकुरबाबा नगरपालिकामा बालबिवाह न्युनिकरण तथा रोकथाम परियोजना अभिमुखिकरण तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधिहरु, नागरिक समाज, बाल क्लब, पत्रकार तथा अन्य सरोकार निकायहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

दलित महिला उत्थान संघ र गल्र्स फस्ट फन्डको संयुतm साझेदारीमा बर्दियाको राजापुर, गुलरिया, मधुबन तथा ठाकुरबाबा नगरपालिकामा बालबिवाह न्युनिकरण तथा रोकथाम परियोजना संचालनमा रहेको छ । कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागीहरुले कार्यक्रमको शुभकामना तथा सफलताको कामना गर्दै आफुहरुले पनि बालबिबाह न्यूनिकरणको यो अभियानमा आप्नो साथ र सहयोग हुने कुराको उल्लेख गर्नु भयो । जनप्रतिनिधिहरुले आपनो वडाहरुमा बालबिवाह न्युनिकरण सम्बन्धि सचेतिकरण कार्यक्रमहरु ल्याउँनेछौ र यो अभियानमा सहयोग गर्ने छौ भनि प्रतिबदता जाहेर गर्नु भएको छ ।
कार्यक्रम दलित महिला उत्थान संघका अध्यक्ष खिमा बि।कको अध्यक्ष्यतामा तथा ठाकुरबाबा नगरपालिकाका उप प्रमुख कृष्ण कुश्मा चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । उप प्रमुख चौधरीले नगरपालीकामा बालबिबाह सम्बन्धि कडा कानुन बनाई बालबिवाह न्युनिकरणमा सहकार्य गर्न प्रतिबद्घता जाहेर गर्नु भयो ।

0 comments :

Post a Comment

 
Top