श्रावण–७

भारतविरुद्ध टी २० क्रिकेट सिरिज खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गरिएको छ । 
वेष्ट इन्डिज क्रिकेट बोर्डले मंगलबार सुनिल नारिने र केइरन पोलार्डलाई टिममा बोलाउँदै १४ सदस्यीय टिमको घोषणा गरेको हो । कप्तानीको भूमिका भने कार्लोस ब्राथवइटले गर्नेछन् । विश्वकपपछि पहिलो अन्तर्रा्ष्ट्रिय टी २० क्रिकेट सिरिजमा भारत र वेष्ट इन्डिजले यही अगष्टमा खेल्दैछन् । तीन खेलको टी २० सिरिजमा घरेलु टोली वेष्ट इन्डिजले भारतसँगको सिरिज जित्ने लक्ष्य बनाएको छ । एकदिवसीय विश्वकपको टिम बाहिर रहेका सुनिल र पोलार्डलाई टिममा बोलाइएको हो । भारतविरुद्ध पहिलो टी २० क्रिकेट खेल अगष्ट ३ वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अगष्ट चारमा दोस्रो र ६ तारिखमा भारत वेष्ट इन्डिजले तेस्रो टी २० क्रिकेट खेल खेल्दैछन् ।।

0 comments :

Post a Comment

 
Top