भरतपुर महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियान आज वडा नं १४ बाट सुरु भएको छ । नेपालकै पहिलो बालमैत्री महानगरपालिका बन्ने प्रकृयामा भरतपुर महानगरपालिका अगाडि देखिएको हो । आज एक कार्यक्रम बिच महानगर प्रमुख रेणु दहालले बालमैत्री वडा घोषणाका लागि संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन गरे बमोजिम पुरा गर्नुपर्ने ३९ सूचक र महानगरपालिकाले थप गरेका २ सूचक गरी जम्मा ४१ ओटा सुचकहरु पुरा गरि सकिएकोले वडा नं १४ लाई बालमैत्री वार्ड घेषणा गरिएको बताउनु भएको हो ।
बालमैत्री वडा घोषणाका लागि बालमैत्रि स्थानिय शासन अन्तर्गत निम्नानुसारका सुचकहरु पुराहुनपर्ने प्रावधान रहेका छनः
१. बाल श्रम शुन्य हुनु पर्ने,
२. छ महिना देखी एक वर्ष भित्रका सबै बालबालिकाहरुलाई सम्पुण खोप लगाएको हुनु पर्ने,
३. सबै धरधुरीमा पीउने योग्य पानी हुनु पर्ने,
४. ५ वर्ष मुनिका सबै बालबालिकाहरुको जन्म दर्ता हुनु पर्ने,
६. बाल विवाहको क्रम घटदै गएको हुनु पर्ने,
७. बालबालिका विरद्ध हुने शिंसा, वेचविखन, शोषण, दुर्बेवहार जस्ता घटना रोकन योजना बनाई कार्यान्वयनमा ल्याएको हुनु पर्ने,
८. ४ वर्ष सम्मका बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएको हुनु पर्ने,
९. विद्यालय उमेरका शत प्रतिशत बालबालिका विद्यालय गएको हुनु पर्ने,
१०. प्रत्येक विद्यालयमा बालबालिका लागि अतिरिक्त क्रियाकलाप भएको हुनु पर्ने,
११. पीउने योग्य पानी सबैको पहुचमा पुग्नु पर्ने,
१२. स्थानिय विद्यालय ब्यवस्थापन समितीमा बालबालिकाको सहभागिता अनिवार्य हुनु पर्ने लगायतका ४१ वटा सुचकहरू ।
११,१०३ जनसंख्या रहेको वडा नं १४ मा ३,०३९ जना (२७.३७५) बालबालिकाहरू रहेका छन् जसमध्य १,६९९ बालक र १,३४० बालिका रहेका छन् । वडाध्यक्ष ओम प्रसाद पोखरेलले वार्डमा वालविवाहको संख्या शून्य रहेको र कुनै पनि क्षेत्रमा वालश्रमिक नरहेको जानकारी दिनुभयो । आगामि दिनमा वडालाई नमुना वडा बनाउन अन्य क्षेत्रमा पनि सुधार गर्दै लैजाने र बालबलिकाको हरेक अधिकाररू सुनिश्चित गर्न हरकिसिमले पहल गर्ने उहाँले बताउनुभयो । ९ महिनको अथक मिहेनत पश्चात वडाले हासिल गरेको सफलताको लागि बधाई दिदै महानगरपलिकाका प्रशासकिय प्रमुख नेत्र प्रसाद सुवेदिले यसख स्थायित्व दिन अवश्यक कदमहरू चाल्न सुझाव समेत दिनुभयो ।
२०७५ साल असोज १७ गते बालश्रम मुक्त तथा बालमैत्री बडाका बारेमा अभिमुखिकरण कार्यक्रम भएको थियो । सोही बर्ष सर्वेक्षण सुरू गरेर बिभिध कार्यक्रम मार्फत वडाका रेजगारदाता र बालबालिका श्रममा पठाउने अभिभावकलाई अभिमुखिकरण, बालबालिकाको स्याहार येजना निर्माण, श्रमिक बालबलिकाको परिवारिक लेखाजोखा, श्रमिक बालबलिकाको पुनःर्स्थापना लगायतका कार्यक्रमहरू आयेजना गरिएका थिए । २०७६ असार २५ गते अजके दिन भब्य समारे बिच बालमैत्री वडा भएको घेषणा भएको हो ।(साभार बेटर चितवन)

Next
Newer Post
Previous
This is the last post.

0 comments :

Post a Comment

 
Top