पहिला सवैको अगाडी बोल्न पनि धक मान्ने १८ वर्षिय किशोरी, आशा वि।क। आजकल आफुमा नै आएको क्षमताको परिवर्तन र कार्यहरु हेर्दा हाँस्दै भन्छीन, आजकल त म पनि किशोरी शसक्तिकरणको प्रशिक्षक भएको छु ।

दिपा वि।क।को पनिअनुभव रहेको छ,, भिमसेन माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनी, पढाईमा त अब्बल नै रहेकी थिईन, तर आफु भित्र यती धेरै क्षमताहरु रहेको कुरा यही कार्यक्रममा सहभागि भएर थाहा पाएको कुरा बताउछीन् । पहिला पहिला घर अनि विद्यालयमा मात्र सिमित हुने मेरा पाईलाहरु आजकल समुदायमा हुने विभिन्न कार्यक्रमहरुमा समेत प्रशिक्षकको रुपमा आमा सरहका व्यक्तिहरु र अन्य व्यक्तिलाई सिकाउने कार्य गर्ने गरेको उनले बताईन् ।

विभिन्न विषयहरुमा बोेल्ने र कार्यक्रमहरु सञ्चालनमा लागेको देख्दा समाज तथा घरका मानिसहरुले पनि उत्पे्रेरणा प्रदान गरेको कुरा बताउनुहुन्छ, अर्की किशोरी सपना पौडेल । महिनावारीको बेलामा हुने पिडा सम्झदा पनि गाह्रो मान्ने उनी, जव पहिलो महिनावारी र म नामको आफ्नो अनुभव लेखेर पत्रिकामा छपाईन, तव समाज र घरकाले पनि यसको बारेमा खुल्लेर कुरा गर्न लागेको उनी बताउछीन् ।

0 comments :

Post a Comment

 
Top