सप्तकोशी नदीमा पानीको बहाव केही कम भएपछि भारतले सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये २६ वटा ढोका पुनः बन्द गरेको छ । पानीको बहाव उच्च भएपछि गएरातिदेखि सबै ५६ वटै ढोका खोलिएकोमा आज बिहानदेखि पुनः २६ वटा ढोका बन्द गरिएको हो । आज बिहान सप्तकोसीमा पानीको बहाव केही घटेपछि भारतले २६ वटा ढोका बन्द गरी ३० वटा मात्र खुला गरेको कोसी ब्यारेज प्रहरी चौकीका प्रमुख ईश्वरी दाहालले जानकारी दिए । विहान ९ बजे सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६४ हजार १ सय ७० क्यूसेकमा झरेको छ । गएराति पानीको बहाव
प्रतिसेकेन्ड ३ लाख ७१ हजार १ सय १९ क्युसेक पुगेको थियो ।

0 comments :

Post a Comment

 
Top