श्रावन-१३  सोमबार

दिपक शर्मा
आफ्नो वडा भित्र रहेका २ विद्यालयहरुबाट ६ जनालाई एक वर्षभरी पुग्ने विद्यालय पोसाक, कापी, कलम, झोला र जुत्ता एक कार्यक्रमका विच देवचुली नगरपालिका वडा नं. १४ को कार्यालयद्धारा वितरण गरिएको छ । 
वडाको को वार्षिक स्विकृत कार्यक्रम अनुसार नै बालबालिका शिर्षकमा विनियोजन गरिएको रकमबाट विद्यालयहरुसँग समन्वय गरी जेहेन्दहार तथा गरिव समुदायका बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरिएको कुरा देवचुली १४ का वडा अध्यक्ष हेमराज दवाडीले बताउनुभयो । 
वडा नं. १४ मा रहेको श्री जनज्योती नमुना माध्यमिक विद्यालय र बाल्मीकी विद्यालयका ६ जना बालबालिकाहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको कुरा संयोजन संस्था जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए ।

0 comments :

Post a Comment

 
Top